२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

नेपालमा चेक बाउन्सका मुद्दाले हैरानी

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ ०२, २०८१

(ABC-Sanchar)
पोखरा । चालु आर्थिक वर्षको १० महिनामै चेक बाउन्सका मुद्दा बढेर ७१७ वटा पुगेको छ । अझै २ महिनामा मुद्दा बढ्ने प्रहरीको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा २९४ जनालाई कानुन अनुसार मुद्दा चलाइएको थियो । चालु वर्षमा २२९ जना विरुद्ध मुद्दा चलेको छ । त्यसमा ठाडो उजुरीको सङ्ख्या भने गणना गर्नै नसक्ने अवस्था रहेको प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
ठाडो उजुरी त कति पर्छन् पर्छन् । दिनमै २५ भन्दा बढी उजुरी आउँछ,’ उनले भने, ‘सबै दर्ता र अनुसन्धान गर्न हामीसँग पर्याप्त जनशक्ति नै छैनन् ।’

कास्की प्रहरीमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी ४० प्रतिशत उजुरी बैंकिङ कसुर सम्बन्धी छन् ।

एउटै व्यक्तिसँग करोडौँ रकमसम्मको कारोबार भएको छ । केही व्यक्तिहरू हिरासतमा पुगेका पनि छन् । कतिपय मुद्दा मिलापत्र गरिएको छ भने अधिकांश कानुनी प्रक्रिया अनुसार मुद्दामा लगिएको थापाले बताए ।

‘सुरुमा चेक बाउन्सको हकमा ठाडो उजुरी लिन्छौँ । पीडकलाई बोलाउँछौँ,’ उनले भने, ‘बोलाउँदा आए भने मिलापत्र भएका छन् । मिलापत्र नहुने अवस्थामा मुद्दा चल्छ ।’

चेकबाउन्स हुने अधिकांश मुद्दा घरजग्गा, गाडी, वैदेशिक रोजगारी र मिटरव्याजसँग जोडिएका छन् । सहकारीका चेकहरू बाउन्स भएका घटना पनि धेरै छन् । आजभोलि व्यापारिक कारोबारमा चेक बाउन्स हुने क्रम बढेको थापाले सुनाए ।

चेक बाउन्सका कारण प्रहरीमात्रै होइन, पोखराका व्यापारी र व्यवसायीहरू पनि आजित भएका छन् । त्यसैले पोखरा उद्योग वाणिज्य सङ्घले चेक अनादर (बाउन्स) र यसका समस्या तथा समाधानबारे उपायको खोजी गर्न अन्तरक्रिया नै गरेको छ ।

अध्यक्ष पवनकुमार प्रजापतिले चेक बाउन्सका घटना बढ्दा त्यसको मारमा आफूहरू परेको बताए । ‘अहिले बजार सुस्ताएको छ । नगदभन्दा उधारो कारोबार बढी हुन्छ । धेरैले चेकबाट कारोबार गरेका हुन्छन्,’ उनले भने, ‘चेक साट्न पठाउँदा रकम नभएर फर्किनुपर्छ । यसमा राज्य नै संवेदनशील हुनुपर्छ ।’

चेक बाउन्स हुँदा कानुनी उपचार खोज्ने प्रक्रिया सिक्न अन्तरक्रिया गरिएको प्रजापतिले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]