२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

गण्डकी प्रदेश प्रहरी गण पोखराको डिआईजी सिंहद्वारा अनुगमन तथा निरीक्षण

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ ०३, २०८१

ABC (क्राईमबिट)
पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आज नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी गण पोखरा, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाईन शाखा समेतको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक सिंहले सम्पूर्ण कार्यालयहरुको भौतिक संरचना, सम्पुर्ण शाखाहरु, व्यारेक, मेस, क्यान्टिन लगायतको निरीक्षण गर्नुभई गण्डकी प्रदेश प्रहरी गण पोखरामा रहेको रेस्क्यू तथा उद्धार सम्बन्धि अभ्यास, भिड नियन्त्रण अभ्यास, Resist Device को प्रयोग विधी सम्बन्धि डेमोहरुको अवलोकन साथै नेपाल प्रहरीको अपराध अनुसन्धानको सारथीको रुपमा रहेका तालिम प्राप्त कुकुरहरु लगायतको निरीक्षण गर्नुभएको थियो ।
अनुगमन निरिक्षणकै क्रममा प्रहरी नायव महानिरीक्षक सिंहले कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई व्यवसायीक, अनुशासन एंव कर्तव्यनिष्ठ भई उच्च मनोवलका साथ कार्य सम्पादन गर्न गराउनु हुन आवश्यक निर्देशन समेत दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]