२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

विमान दुर्घटना एक जनाको मृत्यु ३० जना घाइते

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ ०८, २०८१

(ABC-Sanchar)
काठमाडौं । सिएनएनका अनुसार लन्डनबाट सिंगापुर आइरहेको जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन्।

जहाजमा २११ जना यात्रु र १८ जना चालक दलका सदस्य रहेको बताइएको छ। एयरलाइन्सले भने विमानमा सवार मानिसको संख्याबारे खुलाएको छैन।

मृत्यु हुनेमा ७३ वर्षीय बेलायती नागरिक छन्। १८ जना घाइते अस्पताल भर्ना भएका छन् भने अरू १२ जनाको उपचार भइरहेको छ। बाँकी यात्रु र चालक दलका सदस्यको स्वास्थ्य परीक्षण भइरहेको एयरलाइन्सले जनाएको छ।

गम्भीर गडबडी भएपछि सो जहाज स्थानीय समय अनुसार अपराह्न ३ः४५ मा बैंककमा आपतकालीन अवतरण गरिएको थियो।

सिंगापुरका राष्ट्रपति थर्मन शनमुगरत्नमले आफ्नो सामाजिक सञ्जालमार्फत् ‘मृतकको परिवार र प्रियजनहरूप्रति समवेदना’ व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको सिएनएनले लेखेको छ।

‘हामीसँग प्रभावितहरूको विवरण छैन। तर हामीलाई थाहा छ कि सरकारी मन्त्रालय, एजेन्सीहरू र एयरलाइन्सले सबै प्रभावितहरूलाई सहयोग गर्न सक्दो प्रयास गरिरहेका छन्। बैंककका अधिकारीहरूसँग समन्वय गरिरहेका छन्,’ राष्ट्रपति थर्मन शनमुगरत्नमले भनेका छन्।

सिंगापुरका यातायात मन्त्री ची होङ टाटले पनि आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घटनाबारे थाहा पाउँदा निकै दुःख लागेको छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]