२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कतार एयरलाइन्सको विमानमा दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ १४, २०८१

(ABC-Sanchar)
काठमाडौं । कतार डब्लिन एयरपोर्ट अपरेटर डीएएअनुसार, बोइङ ७८७-९ ड्रीमलाइनरले टर्कीको आकाशमा टर्बुलेन्सको सामना गरेको हो ।

कतार एयरवेजको फ्लाइट क्यूआर ०१७ स्थानीय समय अनुसार १ बजे अवतरण भएको थियो । त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभाग जस्ता आपत्कालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए ।

रिपोर्टका अनुसार, टर्बुलेन्सका कारण छ जना यात्रु र छ जना चालक दलका सदस्यहरू घाइते भएका छन्, जसमध्ये आठ जनालाई अस्पताल लगिएको छ।

डीएएले एयरपोर्टमा उडान सञ्चालनमा कुनै असर नपरेको र उडानहरू समयमै आइपुगेको बताएको छ। कतार एयरवेजले भन्यो, ‘उडानका क्रममा केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ र उनीहरूको उपचार भइरहेको छ।’

यस हप्ताको सुरुमा, सिंगापुरका लागि उडेको विमानमा टर्बुलेन्सका कारण एक ७३ वर्षीय बेलायती नागरिकको मृत्यु भयो। यस क्रममा १०० भन्दा बढी यात्रु घाइते भएका थिए । यसमध्ये २० जनालाई स्पाइनल इन्जुरीका कारण आईसीयूमा राखिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]