२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

बारा जिल्लाको १६ पालिका मध्ये १५ वटा पालिकाहरुमा रु.७३ कराेड रकम बेरुजु

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ १७, २०८१

(रोशन निधि)
बारा । जिल्लाको १६ पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम सबैभन्दा बढी देखिएको छ भने परवानीपुर गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । १६ वटा पालिका रहेको बारामा सिम्रौनगढ नगरपालिका बाहेकको अन्य १५ पालिकाको कुल बेरुजु रकम ७३ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।भने महालेखा प्रतिवेदनमा सिम्रौनगढ नगरपालिकाको विवरण उल्लेख हाल सम्म गरेको छैन ।
महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को बार्षिक प्रतिवेदनले बाराका १५ पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम धेरै रहेको देखाएको हो । प्रतिवेदन अनुसार जीतपुरसिमरा उपमहानगरपालिकामा लेखापरिक्षण गरिएको २ अर्ब ७८ करोड ४९ लाख ६७ हजार रकम मध्य ५.२२ प्रतिशत बेरुजु रहेको देखिएको बिगतमा पनि जितपुर सिमरा उपमहानगरपालिका मधेस प्रदेशको नम्बर १ मा भ्रस्टाचार को रूपमा आफ्नो नाम दर्जे गराउन सफल भएको केहि सथानिय ले बताएका छन श्रोतको अनुसार सब भन्दा बढी मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा जित्पुर सिमरा उपमहानगरपालिका रहेको छ । प्रतिवेदन अनुसार जीतपुरसिमरा उपमहानगरमा १४ करोड ५४ लाख १७ हजार रुपैयाँ बेरुजु रहेको देखिएको छ ।
बारामा सबैभन्दा कम बेरुजु रहेको पालिकामा परवानीपुर गाउँपालिका रहेको छ । १ अर्ब १५ करोड ४८ लाख ४४ हजार रुपैयाँको लेखापरिक्षण भएकोमा ०.४५ प्रतिशत मात्र बेरुजु रहेको देखिएको छ । प्रतिवेदन अनुसार परवानीपुर गाउँपालिकामा ५१ लाख ५५ हजार बेरुजु रहेको छ ।
महालेखापरिक्षकको प्रतिवेदन अनुसार जीतपुरसिमरा उपमहानगरपछि कोल्हवी नगरपालिकामा बेरुजु रकम बढी छ । कोल्हवी जिल्लाका पालिकाहरुमध्ये दोश्रो बढी बेरुजु रहेको पालिका बनेको छ । कोल्हवीमा १ अर्ब ६४ करोड ६८ लाख ८१ हजार रुपैयाँको लेखा परिक्षण भएकोमा ६.९५ प्रतिशत बेरुजु देखिएको छ । कोल्हवी नगरपालिकामा ११ करोड ४४ लाख ३७ हजार रुपैयाँ बेरुजु रकम रहेको छ ।
तेश्रो बढी बेरुजु रहेको पालिकामा कलैया उपमहानगरपालिका रहेको छ । ३ अर्ब ४९ करोड आठ लाख ९५ हजार रुपैयाँको लेखा परिक्षण भएकोमा २.९९ प्रतिशत अर्थात १० करोड ४४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
निजगढ नगरपालिकाको बेरुजु ९ करोड ४२ लाख ८४ हजार, करैयामाई गाउँपालिकाको बेरुजु ५ करोड तीन लाख ४१ हजार, पचरौता नगरपालिकाको ४ करोड ९४ लाख ९९ हजार, आदर्श कोटवाल गाउँपालिकाको ४ करोड ३५ लाख ६३ हजार, फेटा गाउँपालिकाको ४ करोड नौ लाख ४१ हजार, महागढीमाई नगरपालिकाको ३ करोड २५ लाख ४९ हजार, विश्रामपुर गाउँपालिकाको १ करोड ३९ लाख ४६ हजार, प्रसौनी गाउँपालिकाको १ करोड १९ लाख १४ हजार, सुवर्ण गाउँपालिकाको १ करोड एक लाख १२ हजार, बारागढी गाउँपालिकाको ९९ लाख ८७ हजार, देवताल गाउँपालिकाको ८१ लाख ५६ हजार र परवानीपुर गाउँपालिकाको ५१ लख ५५ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको ६१ औं वार्षिक प्रतिवेदनले देखाएको छ ।

लेखापरिक्षणले गरिएको रकमको प्रतिशतमा हेर्ने हो भने निजगढ नगरपालिकाको बेरुजु प्रतिशत सबै भन्दा बढी देखिन्छ । निजगढ नगरपालिकाको बेरुजु दर ७.४६ प्रतिशत रहेको देखिन्छ । दोश्रोमा कोल्हवी नगरपालिकाको ६.९५ प्रतिशत, तेश्रोमा जीतपुरसिमरा उपमहानगरपालिकाको ५.२२ प्रतिशत, चौथोमा करैयामाई गाउँपालिकाको ४.६३ प्रतिशत, पाँचौमा फेटा गाउँपालिकाको ४.२५ प्रतिशत, तेस्तै आदर्श कोटवाल गाउँपालिकाको ३.९७ प्रतिशत, पचरौता नगरपालिकाको ३.८२ प्रतिशत, कलैया उपमहानगरपालिकाको २.९९ प्रतिशत, महागढीमाई नगरपालिकाको १.८७% विश्रामपुर गाउँपालिकाको १.६१ प्रतिशत, प्रसौनी गाउँपालिकाको १.३२ प्रतिशत, बारागढी गाउँपालिकाको १.०३ प्रतिशत, देवताल गाउँपालिकाको ०.९३ प्रतिशत, सुवर्ण गाउँपालिकाको ०.७९ प्रतिशत रहेको छ ।परवानीपुर गाउँपालिकाको ०.४५ प्रतिशत बेरुजु रकम देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

error: Content is protected !!