(ABC-Sanchar)
काठमाडौं । भारत बेंग्लुरको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–१ का मदन बोहराका ८ वर्षीय छोरी अनिता र साढे ४ वर्षका छोरा प्रशान्त रहेका छन्। कोठामा खाना पकाइरहेका बेला ग्याँस विस्फोट भएपछि मदन, उनकी श्रीमती प्रेमजला, दुई छोरी र एक छोरा जलेर घाइते भएका थिए।
गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस विस्फोट भएको थियो। घटनालगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो। घटनापछि पाँचै जनालाई उपचारका लागि अस्पताल पुगाए पनि छोराको हिजो मृत्यु भएको हो। छोरी अनिताको आज बिहान मृत्यु भएको छ। एजेन्सी