२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

डलरको प्रलोभन देखाएर रकम ठगी गर्ने ३ जना नगदसहित पक्राउ

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ १९, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । उनीहरुलाई ठगी गरेको अठार लाख नेपाली रुपैंया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा बाह्रविशे नगरपालिका ३ सिन्धुपाल्चोकका २४ वर्षिय श्याम तामाङ, २६ वर्षिय तेन्जेन पाईन र २७ वर्षिय नारायण बहादुर पाईन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरि पक्राउ परेका व्यक्तिहरु र उनीहरुबाट बरामद गरिएका नगद तथा सामग्री सार्वजनिक गरेको छ ।

पक्राउ परेका व्यक्तिबाठ २ वटा मोटरसाईकल, अठार लाख नेपाली रुपैंया, विस रुपैंयाका ६९ वटा नेपाली नोट, अमेरिकी एक डलर २३९ वटा, विभिन्न कम्पनीका पाँच थान मोवाईल र पक्राउ परेका व्यक्तिको पर्सबाट नेपाली रुपैंया ४ हजार १४६ रुपैंया समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

error: Content is protected !!