२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

सशस्त्र प्रहरीले हुन्डिको आशंकामा १ करोड रुपैयाँसहित सुनसरीबाट १ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ २०, २०८१

ABC (क्राईमबिट)
सुनसरी । जिल्लाको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसंगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी बर्ष ३७ को ईसा अन्सारीलाई सशस्त्रले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् । नगद रकम , कार र चालकलाई थप अनुसन्धान तथा कारबाहिका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

error: Content is protected !!