२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

कपिलवस्तुको कृष्णनगरमा अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ २०, २०८१

(धर्मेन्द्र कुमार कुर्मी)
कपिलवस्तु । विजयनगर कृष्णनगर नगरपालिकाको उद्योग बाणिज्य संघको सभा हलमा ूअवधी संस्कृति संरक्षण कार्यक्रमू सम्पन्न भएको छ । साथै स्थानीय कलाकारहररुको प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा अहिरउवा नाच , कहरउवा नाच ,  धोवियाना नाच ,झर्रा नाच, विरहा , अल्हा , चनैनी विरहा लगायत अवधी भाषाको लोकगीत कला संस्कृतिलाई प्रस्तुत गरिएको थियो ।कार्यक्रमको प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजग प्रताप शाह र कार्यक्रमको अध्यक्ष निरहु यादवले अवधीको पहिचान झल्कने गरी धोती,  कुर्ता र गम्छा लगाएर कार्यक्रममा सहभागी भएका छन् ।

प्रमुख अतिथिलाई मञ्चमा बस्नको लागि खटियाको व्यवस्थापन रहेको थियो । कार्यक्रममा सहभागी भएका सम्पूर्णका लागि नास्तामा पुडी , सब्जी , गुलगुला , सोहारी र सोठौरा खुवाएर अवधी संस्कृतिको खाने परिकारलाई जोगाउने उद्देश्यले खुवाइएको छ ।

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले भन्नू भयो कि हाम्रो अवधी भाषाको छुट्टै इतिहास र पहिचान रहेको छ । अवधी भाषामा एक छुट्टै प्रकारको मिठास रहेको पाइन्छ । अवधी संस्कृतिको जन्म देखि मृत्यु सम्म छुट्टै संस्कृति रहेको छ । हाम्रो यस्तो संस्कृतिलाई हामी सबै मिलेर संरक्षण र जोगाउने जिम्मेवारी अनि दायित्व रहेको छ ।

उक्त कार्यक्रम अवध मिडिया जागरणको आयोजना, अवधी पत्रकार संघ कपिलवस्तुको समन्वय र कृष्णनगर नगरपालिका आर्थिकको सहयोगमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

error: Content is protected !!