२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

निर्माणाधिन प्रतिष्ठानका चुनौति सामना गर्न सरकार प्रतिवद्ध गृहमन्त्री : लामिछाने

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ २०, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरूमा देखिएका समस्या समाधान एवम् चुनौतिको सामना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती न.पा.-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको आइतबार अनुगमन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो। सो क्रममा उहाँले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवालाहरूसँग समन्वयको आवश्यकतामा जोड दिनुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माणको क्रममा देखा परेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीसँग समन्वय गर्दै आइरहेको चर्चा गर्नुभयो । निर्माण कार्य समयमै सम्पन्न गराउन सबैको साथ, समन्वय र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी उच्च पदाधिकारीहरू एवम् निर्माणमा संलग्न सरोकारवालाहरू बिच निर्माणमा देखा परेका समस्याहरू समाधान तथा चुनौति लगायतका विषयमा छलफल समेत भएको थियो ।

उक्त अवसरमा गृहमन्त्री रवि लामिछाने, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, गृह सचिव एक नारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, भारतीय राजदूतावास नेपालका प्रथम सचिव अबिनाश कुमार सिंह तथा SS (Admin & DP) प्रशान्त कुमार सोना, गृहमन्त्रालयका सहसचिवद्वय कृष्ण नेपाल तथा थानेश्‍वर गौतम, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत अनुगमन तथा निरीक्षण गर्नुभयो । साथै उहाँहरूले निर्माणाधिन प्रतिष्ठान परिसरमा रूद्राक्ष र कपुर वृक्षरोपण समेत गर्नुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त अवसरमा Central Public Works Department (CPWD) का परामर्शदाता ई. राजेश कुँवरले निर्माणाधिन प्रतिष्ठानको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]