(ABC-Sanchar)
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–९ घर भई काठमाडौकाे मित्रनगर बस्ने २१ वर्षिय वीरबल घर्तीमगर रहेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनले ३ जना पीडितबाट १६ लाख ६२ हजार रकम ठगेको पाइएको छ। उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए ।
काठमाडौँमा बस्ने एक जना युवकलाई विदेशी नागरिक क्याथरिन सिन्डेभेराले फेसबुकमा साथि बन्न अनुरोध गरेपछि उनीहरूबिच मेसेन्जरमा कुरा गर्दा क्याथरिनले भन्छन्–‘म अमेरिकन आर्मी हुँ, सिरिया मिसनमा खटिएको छु ।’
सिरियाको मिसनमा आतङ्ककारीहरूले लुकाई राखेको १ दशमलव ७ मिलियन डलर फेला पारेर ल्याएको र सो रकम अमेरिका लैजान नमिल्ने भन्दै क्याथरिनले सो रकम नेपाल पठाउने आश्वासन पिडितलाई दिन्छन।
पीडितले अनुरोध स्वीकारेपछि क्याथरिनले ‘पछि म नेपालमा आएर विद्यालय र अस्पताल सञ्चालन गर्नुपर्छ तपाईंको नाममा सो डलर पठाइदिन्छु तपाईंले ३० प्रतिशत चलाउनु बाँकी रहेको रकम सुरक्षित साथ राख्नुहोला ।’ भनेपछि पीडित युवकलाई ह्वाट्स एप नम्बरबाट फोन आउँछ । फोन गर्नेले युएनको कूटनीतिक एजेन्टको परिचय दिएर त्रिभुवन विमानस्थलमा पार्सल आएको समेत बताउँछन् ।
सो पार्सल पाउन भन्सार शुल्क बापत १ लाख ४६ हजार बीरवल घर्तीमगरको नामको बैंक खातामा पठाउन भन्दै खाता नम्बर दिन्छन अनि पीडितले भन्सार शुल्क बापत रकम पठाए तर, सामान नपाएपछि उनी प्रहरीकहाँ गएका हुन् । टिकटक र इन्स्टाग्राम मार्फत कुरा गरेर आरोपीले थप दुई जनाबाट पनि रकम ठगेको खुल्न आएको र अरु कसैले पनि यिनै घर्तीमगरबाट ठगिएको प्रमाण भए प्रहरी समक्ष जानकारी गराउन एसपी रेग्मीले अनुरोध गरेका छन।