२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

काठमाडौं ठमेलबाट केटाहरूलाई जिस्क्याउने १५ जना महिलाहरु पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ २१, २०८१

(ABC-Sanchar)
काठमाडौं । प्रहरीले ठमेलबाट केटाहरुलाई विभिन्न ईसारा गरेर जिस्काउने र अनैतिक क्रियाकलाप गर्ने १५ जना महिलालाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप गर्ने स्वदेशी र विदेशी महिलाहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा युगान्डा घर भई ठमेल बस्ने भिउला नकासङ्गो किसाम्बरा, रिचेल नामुद्ध्, सराह नमता किवानुका, रोबिन्या नाकाज्जे, ज्याकलाइन नकन्दह, भेनेस्सा नमुटेबी, शरीफा सेमिटेगो, नासिङगी रिचेल र केन्या घर भई ठमेल बस्ने हेलेन अधिम्बो रहेका छन् ।

त्यस्तै नुवाकोट घर भई टोखा बस्ने रोशनी श्रेष्ठ, काठमाडौँको मनमैज’ बस्ने कृष्टिना क्षेत्री, सिन्धुपाल्चोक घर भई बालाजु बस्ने सिर्जना तामाङ, रसुवा घर भई तारकेश्वर ९ बस्ने रुबी तामाङ, धनकुटा घर भई काठमाडौँको बालाजु बस्ने इन्दु राई र कैलाली घर भई काठमाडौँको माछापोखरी बस्ने निशा सुनारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!