२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

नेपाल पत्रकार महासंघ अध्यक्षको लागि पत्रकारहरु बिच रोचक प्रतिष्पर्धा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ २२, २०८१

(ABC-Sanchar)
दाङ । नेपाल पत्रकार महासंघ दाङसहित देशभर यहि जेठ २६ गते तोकिएको निर्बाचनको चहलपहल जिल्ला-जिल्लामा सुरु भएको छ । प्रेस चौतारी नेपाल दाङको तर्फबाट पत्रकार महासंघ दाङको अध्यक्षको लागि जे एन सागर(जयनारायण पुन)लाई अघि सारीएको छ । पुन एमाले निकट चौतारीको जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन । इन्सेकको जिल्ला प्रतिनिधिकोरुपमा उनि कृयाशिल छन भने नयाँ युगबोध दैनिकमा पनि कार्यरत छ्न । अरु पदाधिकारी चौतारीले अझै टुङ्गाे लगाइसकेको छैन । कांग्रेस निकट प्रेस युनियन दाङले अध्यक्षमा अझै टुङ्गाे लगाएको छैन । युनियनबाट महासंघको उपाध्यक्ष रहेका सन्तोष सुबेदीलाई अघि बढाउने सम्भाबना छ । सुवेदी नेपाल टेलिभिजनका दाङ समाचार दाता हुन । त्यस्तै युनियनको तर्फबाट सचिबमा बर्तमान महासंघकै सचिब आरके सितललाई अघि सार्ने सम्भाबना छ । उपाध्यक्ष लगायत अन्य पद क्षेत्रगतरुपमा बाडेर मिलाउने युनियन भित्र तयारी छ । युनियन भित्र अहिलेकै महासंघमा उपाध्यक्ष रहेकि बसुन्धरा गौतम अध्यक्षको दौडमा छिन । उनि पनि लामो समयदेखि रेडियो स्वर्गद्वारी एफएममा कार्यरत रहेकि छिन । चौतारी र माओबादी केन्द्र निकट प्रेस सेन्टर आपसमा मिलेको खण्डमा यसअघि महासंघको जिल्ला अध्यक्षमा पराजित भएकि लक्ष्मी आचार्यको सम्भाबना पनि बलियो छ । आचार्यले हालसम्म नेतृत्वको बारेमा मुख खोलेकि छैनिन । चौतारी र सेन्टर मिले महासंघमा बामपन्थिहरुको बर्चश्व रहनेछ । उनिहरु मिल्दा युनियन ७ देखि ८ मत कम देखीन्छ । युनियन र सेन्टर मिल्दा आचार्यले चुनाब हारेकाले चौतारी र सेन्टर मिलेको अबस्थामा आचार्य नेतृत्वको दौडमा आए युनियनमाथी नैतिक संकट थपिने छ । आचार्य सेन्टरकि नेता हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!