(ABC-Sanchar)जनकपुर । नेकपा एकीकृत समाजवादीपार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । केन्द्रको निर्देशन अनुसार एकीकृत समाजवादीले मधेस सरकारबाट मंगलबार नै बाहिरिने तयारी गरेको हो ।
सरकारबाट बाहिरिने विषयमा छलफल गर्नको लागि एकीकृत समाजवादीले मधेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । एकीकृत समाजवादीपार्टीकी मन्त्री बेची लुङ्गेलीले केन्द्रबाट नयाँ समीकरण अनुसार सरकार बनाउने निर्देशन आएकोले सोही निर्देशन अनुसार पार्टीको संसदीय दलको बैठक बस्न लागेको कुरा उनले बताइन् ।