ABC (क्राईमबिट)
पर्सा । विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरूबाट निम्न मालबस्तुहरू अ.मू.रु.२६,०८,४९०।– ( छबीस लाख आठ हजार चार सय नवे ) बराबरको मोबाईलका पार्टसहरू, खाद्यान्न, औषधी, खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू आवश्यक कारवाहीको लागि मिति २०८१।०२।१३ गते बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।
पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का. पर्सा ।
१. मिति २०८१।०२।१२ गते अं.०९:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ ईदगाह चोक स्थित सडकखण्डबाट अ.मु.रू.२६,०८,४९०।– ( छबीस लाख आठ हजार चार सय नवे ) बराबरका कपडा, औषधी तथा मोबाईलका पार्टसहरू पक्राउ गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।