२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

लगातार खानेपानीको समस्या झेल्दै दाङका घोरदौराबासीहरु चिन्तित हुदै

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ २३, २०८१

(ABC-Sanchar)
दाङ। घोराही उपमहानगरपालिका-१८ घोरदौराबासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् । यहाँ गर्मी मौसममा अझ धेरै खानेपानीको समस्या हुने गरेको छ ।

आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान गर्मी बढेसँगै सुकेपछि समस्या हुने गरेको हो । उपल्लो घोरदौरा निवासी सरस्वती विक घरनजिकैको धारामा पानी सुकेपछि ४५ मिनेट टाढा धरमपानी बाट पानी बोकेर ल्याउने गरेको बताउँछन् ।

हरेक दिन खानेपानी जोहो गर्नै समस्या हुने गरेको उनले बताए । विकले भने, ‘गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट हुन्छ ।’ पानी लिन आउँदा ओरालो भए पनि फर्किंदा डेढ घण्टा उकालो हिँड्नुपर्ने उनले सुनाए ।

घोरदौराकै झिनीगाउँ निवासी सिर्जना भण्डारी वर्षा सुरु भएसँगै खानेपानीको दुःख भएको बताउँछन्। एउटै धारमा पालो कुरेर पानी भर्दा दुई घण्टा लाग्ने उनको भनाइ छ ।उनले भने, ‘गाउँमा पानी आउन बन्द भएपछि घरनजिकै ठूलो पँधेरा भन्ने ठाउँमा जाने गर्दथ्यौँ तर त्यहाँ पनि पानी सुकेपछि अहिले घोरदौरा आउने गरेकी छु।’

उज्यालोमा पानी भर्दा घण्टौँसम्म लाइन बस्नुपर्ने र पालो नआउँदै धारा सुक्ने भएकाले धेरैजसो राति नै पानी भर्न आउने गरेको स्थानीय बताउँछन् ।

घोराही उपमहानगरपालिका-१८, घोरदौरा निवासी ५७ वर्षीय शोभा अधिकारी करिब एक घण्टा दुरीमा रहेको धरमपानीस्थित धाराको पानी गाउँभरिकाले खानुपर्ने अवस्था भएको बताउँछन् ।

गाउँमा पानीको सङ्कट भएसँगै खानेपानी भर्न अचेल घोरदौरावासीलाई बिहान २÷३ बजे उठ्नुपर्ने बाध्यता रहेको उनले बताए ।

उनले भने, ‘बुढेसकालमा पानी भर्न उकालो ओरालो गर्न समस्या छ । अर्को गाउँदेखि ल्याएको पानी सुकिसक्यो । त्यसैले अहिले एक घण्टा हिँडेर घरदेखि तल खोलामा रहेको धारामा जानुपर्ने बाध्यता छ ।’

घोराही उपमहानगरपालिका-१८ का वडाध्यक्ष भरतमणि अर्यालले अहिले खानेपानी योजनाको काम भइरहेकाले आगामी वर्षसम्म समस्या समाधान हुने बताए ।

घोरदौराका स्थानीयले वर्षौदेखि खानेपानी समस्या झेल्दै आएकाले दीर्घकालीन रुपमा समाधान गरिने उनको भनाइ छ । घोरदौराका ७० घरधुरीले एउटै धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको छ । खानेपानी समस्याका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!