२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

कपिलवस्तुको विजयनगरमा २५ हजार ६ सय बढी पशुलाई भ्याक्सिन लगायो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ २४, २०८१

(ABC-Sanchar)
कपिलवस्तु । विजयनगर गाउँपालिकाले २५ हजार ६ सय ६७ पशुलाई भ्याक्सिन (डाेज) दिएकाे छ । गाउँपालिकाले वार्षिक कार्यक्रम २०८०/०८१ अन्तर्गत बाख्रा, भेडा, गाई, भैंसी, र गाेरुलाई नि:शुल्क भ्याक्सिन दिइएकाे पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले जानकारी दिए ।

शाखाका प्रमुख ठाकुराले १४ हजार ९ सय १९ ओटा बाख्रा र भेडालाई पिपिआर भ्याक्सिन (खाेप) दिएकाे बताए । यस्तै १० हजार ७ सय ४८ ओटा गाई, भैंसी र गाेरुलाई एफएमडी, एचएस र बिक्यु भ्याक्सिन दिइएकाे उनले बताए ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिका भित्रको भेँडा, बाख्रा, गाई, भैँसी, गाेरुलाई पशुजन्य  रोगबाट सुरक्षित राख्न गाउँपालिकाले कुनै कसर नराख्ने बताएका छन् । अध्यक्ष थापाले खोप लगाउन मात्र नभई पशु पालक किसानलाई खोप र रोगको बारेमा जानकारी समेत दिन गरि पशु प्राविधिकहरुलाई किसानकाे घरमै खटाइएको बताए ।

पशुचाैपायालाई सुरक्षित र निराेगी राख्न गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको उनकाे भनाई छ । उनले रोग पत्ता लगाउने, उपचार गर्ने र निगरानी गर्ने काम गाउँपालिकाले गरिरहेकाे बताए ।

पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले पशुजन्य रोगको लक्षण देखिने बित्तिकै उपचारमा ध्यान दिनुपर्ने बताए ।  विभिन्न रोग लाग्न नदिन खोप लगाउँदै आइएको बताउँदै रोग लाग्न नदिनका लागि भ्याक्सिन नलगाई नहुने  उनले बताए ।पशुुचाैपायामा समस्या देखिएमा जानकारी प्राप्त हुनसाथ किसानकाे घरमै पुगेर सेवा प्रदान गरिने उनले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!