(ABC-Sanchar)
काठमाडौं । नगरवासीको समस्या र गुनासो सुन्न भन्दै नगर प्रहरी घर घरमा पठाउने अभियान महानगरले थालेको हो ।
नगरवासीका समस्या पहिचान गर्न, जनताले कर तिरे/नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न मद्दत पुर्याउने महानगरका प्रमुख चिरीवाबु महर्जनले जानकारी बताए । यो अभियान देशमै नयाँ रहेको उनको भनाइ छ ।
उनले भने, ‘अहिलेसम्म मबाट जानी जानी गल्ती भएको छैन तर, कतै दायाँवाँया भएको भए सुधार गर्न सहयोग पुग्छ । महानगरलाई गुनासो सम्बोधन गर्न अभियान सुरु गरेका हौं।’
घर घरमा नगरप्रहरी अभियानले वडाअध्यक्षहरुलाई पनि सहयोग पुग्ने उनले बताए । यो कार्यक्रमले नगरवासी र नगरपालिकाबीच सेतुको काम गर्ने प्रष्ट पारे ।