(सागर थापा)
बुटवल । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत एंव प्रशासन बिभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार मिति २०८१ जेठ २४ गतेको निर्णयानुसार जनपद समुह तर्फका प्रहरी प्रहरी वरिष्ठ हवल्दार पदबाट पदबाट प्रहरी सहायक निरिक्षक पदमा बढुवा हुनु भएका पुर्ण बहादुर बोहरालाइ आज मिति २०८१।०२।२५ गतेका दिन यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठबाट दर्ज्यानी चिन्ह सुशोभन गर्नुका साथै आवश्यक निर्देशन सम्बोधन समेत प्रदान गर्नु भएको थियो ।