(ABC-Sanchar)
काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनले जेठ २६ गते शनिबारका लागि तोकेको निर्वाचनको मतदान सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । ‘मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्समा अर्को मिति तय हुने जानकारी गराइन्छ,’ अध्यक्ष पोखरेलले शुक्रबार अबेर जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि आग्रह गरेका छन् ।
महासंघको सदस्यता शुद्धीकरणमा प्रमुख संगठनले नै आपत्ति जनाएपछि निर्वाचन हुन नसक्ने अवस्था आएको हो ।