२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

तातिएको पानीले नुहाउदा हुने नोक्सानहरु कपाल झर्ने अनुहार छालामा घाउ हुने

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ २९, २०८१

(ABC-Sanchar)
काठमाडौं । गर्मी मौसममा छतमा राखिएको ट्याङ्की एकदमै धेरै तातिने गर्छ, जसले गर्दा त्यसको पानी पनि गिजर वा हिटरले तताएको भन्दा तातो आउने गर्छ ।

मानिसलाई यो पानी प्रयोग गर्नुपर्ने हुन्छ किनकी दिउँसो वा साँझमा पानी प्रयोग गर्दा यसको विकल्प हुँदैन । तर, यस्तो पानीले शरीरमा भने विभिन्न प्रकारको नोक्सान पुर्याउने गर्छ । यस्तो पानीले नुहाउँदा हुने नोक्सानका बारेमा जानौं-

यदी तपाईं ट्याङ्कीमा तातिएको पानीले नुहाउनुहुन्छ भने तपाईंको कपाललाई यसले गम्भीर क्षति पुर्याउन सक्छ । यसले कपाल झर्न थाल्छ र जराहरू पनि कमजोर हुन्छन् ।

ट्याङ्कीमा तातिएको पानीले अनुहार धुँदा छालामा पिग्मेन्टेशनको समस्या सामना गर्नुपर्ने हुन सक्छ । यो पानीले छाला पोल्न थाल्छ र अन्य कैयौं समस्या पनि आउन सक्छ ।

यदी तपाईंको कानमा ट्याङ्कीको तातो पानी पस्यो भने यसले कानमा जम्मा भएको कानेगुजी पग्लिएर फैलिन सक्छ । जसले गर्दा कान दुख्नुका साथै अन्य समस्या पनि हुन सक्छन् ।

यस्तो तातो पानीले गर्मीमा नुहाउँदा शरीरको तापक्रम पनि असन्तुलित हुन सक्छ । जसले गर्दा स्वास्थ्य खराब पनि हुन सक्छ ।

त्यसैले यस्तो पानी साँझमा अली चिसो भएपछि मात्र प्रयोग गर्नुहोस् । तपाईं नुहाउनका लागि बिहानको समय रोज्न सक्नुहुन्छ । साथमा घरको कामहरू पनि बिहानको समयमा नै गर्नुहोस् जसले गर्दा दिउँसो तातो पानी प्रयोग गर्नुपर्दैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!