२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

कपिलवस्तुमा बस र पिकअप ठोक्किँदा चालकको मृत्यु ८ जना घाइते

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ २९, २०८१

(ABC-Sanchar)
कपिलवस्तु । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा बस र पिक अप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप भ्यान आपसमा ठोक्किँदा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको र अन्य ८ जना घाइते भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले घाइते मध्ये बसका सहचालक ४६ वर्षका प्रकाशकुमार थापालाई बुटवलबाट थप उपचारको लागि काठमाडौँ रिफर गरिएको रातोपाटीलाई बताए ।

उनले कालिकोटका असीम शाहीको बुटवलको चौराहा अस्पताल उपचार भइरहेको अन्य ६ जना पनि डिस्चार्ज भएको खुलाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!