२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

मधेस प्रदेश सरकारको निति तथा कार्यक्रमहरु प्रस्तुत

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ ३०, २०८१

(रोशन निधि)
जनकपुर । मधेस प्रदेस सरकारको २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत भएको छ ।

संविधानको धारा १८४ को उपधारा २ बमोजिम सरकारकाे तर्फबाट मधेस प्रदेश अध्यक्ष सुमित्रा सुवेदी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, वन वातावरण, सुशासनलाई उच्च प्राथमिकतामा राखीएकाे छ । नीति तथा कार्यक्रममा मधेस प्रदेशकाे एक सय ३६ पालिका हरुलाई लक्षित गरी नमूना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने उल्लेख गरिएको छ ।

मधेस प्रदेशको प्रत्येक जिल्लाहरुमा नमूनाको रूपमा एक/एक वटा खुला शैक्षिक उद्यान तयार गर्ने, मधेस प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन प्रदेश सरकारले आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ ।

पत्रकारिता क्षेत्रको विकास तथा पत्रकारहरूको क्षमता अभिवृद्धि को लगि वैदेशिक लगानी भित्र्याउनको लागि मधेस लगानी सम्मेलन गरिने पनि नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!