२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना अभ्यास

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ ३०, २०८१

(ABC-Sanchar)
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटना सम्बन्धी अभ्यास गरिएको छ । दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरेर अभ्यासको आयोजना गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय अनुसार हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये Alert 9.3.1 (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको थियो ।

यो अभ्यासको मुख्य उद्देश्य सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरू बिच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको छ ।

यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि पनि देखिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!