ABC (क्राईमबिट)
पर्सा । सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको ६ लाख रूपैया सहित एकजनालाई पक्राउ गरेको छ ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका एकजनालाई स्रोत नखुलेको ६ लाख रूपैया सहित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटीएको टोलीले पक्राउ गरेको हो ।
भारतको रक्सोलबाट वीरगञ्ज तर्फ आउदै गरेका बिर.०६ एआर ९४११ नम्बर को मोटरसाइकल सवार जिल्ला पुर्बी चम्पारण रक्सौल वडा नम्बर ८ का राहुल कुमारले लगाएको हेल्मेट भित्र लुकाई वीरगञ्ज ल्याउदै गरेका ६ लाख नेपाली रुपैयाँ फेला परेको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।
नेपाली रूपैयाँ र मोटरसाइकल सहित नियन्त्रणमा लिएका उनलाई आवश्यक कार्वाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।