(ABC-Sanchar)
काठमाडौं । उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्याएको जनाउँदै प्राधिकरणले केही दिनअघि क्याप्टेन लामा र क्याप्टेन भावना पन्तलाई उडानमा प्रतिबन्ध लगाएको हाे।
लगत्तै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो।
छानबिन समितिले क्याप्टेन भावना पन्तलाई कारबाही गर्नु नपर्ने देखिएपछि उनलाई रिलिज (उडानमा फर्काइएको) गरिएको प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले बताए।