२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

पर्सा प्रहरीले लागुऔषध सहित एक जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ ३१, २०८१

 

(रोशन निधि)

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१५ बसपार्क स्थित सडकखण्डमा मिति २०८१-०२-३१गते अन्दाजी १०:००बजेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा BR05AY1346 नम्बरको TATA Tiago चार पाङग्रे गाडीलाई रोकी कानूनी रीतपुर्‍याई चेक जाँच गर्ने क्रममा उक्त गाडीको चालक छेउको सिट कभरको खल्तीमा लुकाइ छिपाई सेतो प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १०२ ग्राम फेला परेको हुँदा उक्त लागु औषध र उल्लेखित नम्बरको गाडी सहित भारतको बिहार राज्यको मोतिहारि जिल्ला पोस्ट आदापुर ग्राम लालछापरा बस्ने बर्ष ३०को मोहमद नेजामुदिन सिद्दकीलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारती ले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!