(ABC-Sanchar)
काठमाडौँ । हाल कोशी , मधेश र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी प्रदेशको थोरै स्थानहरूमा तथा वाग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र मधेश प्रदेश लगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशकालगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशसहित देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत वागम्ती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।