२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउनुपर्ने : गृहमन्त्री रवि लामिछाने

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ ०१, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले उक्त कार्यालयमा रहेको सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै सो सम्बन्धी काम र अवस्थाकाबारे जानकारी समेत लिनुभयो ।

निरीक्षण पश्‍चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका वावजूद ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको र ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको बताउनुभयो । युनिफर्म लगाएको प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्ने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो । यसको लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’

ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले चेकिङलाई अझ प्रभावकारी बनाई लापसे, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस् ।’ फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिएर ट्राफिक प्रहरीले उत्कृष्ट रूपमा कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतिकूल अवस्थाका वावजूद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले ट्राफिकले भोग्नुपरेको समास्या निराकरणको लागि मन्त्रालय सदैव कटिवद्ध रहेको बताउँदै ट्राफिक प्रहरीले सडकमा खटिँदा घाम पानी नभनि विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकोमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने बताउनुभयो । ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगले दुर्घटना न्यूनिकरण र मानवीय क्षति कम गर्न सहयोग पुग्ने हुँदा ट्राफिक प्रहरीलाई प्राविधिक रूपमा सुसम्पन्न गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । ट्राफिक व्यवस्थापनमा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनुभयो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको काम कारबाही, जनशक्ति परिचालन, ट्राफिक व्यवस्थापनका लागि चालिएका कदमहरू, दुर्घटनाको अवस्था, दुर्घटना न्यूनिकरणको लागि चालिएका कदमहरू, सेवा प्रवाहका क्रममा भोग्नुपरेका समस्याहरू र सुधार गर्नुपर्ने पक्षहरूको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, गृहमन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायण प्रसाद भट्टराई, वरिष्ठ प्रहरी अधिकृतहरू, उपत्यकास्थित ट्राफिक प्रहरी युनिटका कार्यालय प्रमुखहरू लगायत प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल तथा मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रुपन्देहीको सियारी गाउँपालिका–२ सेमराका २३ वर्षीय अरुण गुप्ता, मायादेवी गाउँपालिका–७ बनगाईका २० वर्षीय रामदिन यादव र सोही ठाउँका २० वर्षीय धीरज राजभर रहेका छन् […]

दाङ । कुनै पनि शहर केवल सडक, भवन र पुलले मात्र समृद्ध बन्दैन। समृद्ध शहर निर्माणका लागि स्पष्ट दीर्घकालीन सोच, उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारीका अवसर, वातावरणीय संरक्षण, पारदर्शी शासन र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। यही सोचलाई केन्द्रमा राखेर अगाडि बढिरहेको ‘घोराही बनाऔँ अभियान’ ले समृद्धि, विकास र सुशासनलाई साझा अभियानका रूपमा […]

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]