२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

पश्चिम बंगालको दार्जिलिस्थित यात्रुबाहक रेल ठोक्किँदा १५ जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ ०३, २०८१

(ABC-Sanchar)
काठमाडौं । सोमबार बिहान ९ बजे रंगापानी स्टेशनमा रोकिएको कञ्चनजंगा एक्सप्रेसको यात्रुवाहक रेललाई मालवाहक रेलले ठक्कर दिएको थियो।

हिन्दुस्तान टाइम्सका अनुसार मालवाहक रेलको ठक्कबारट यात्रुवाहक रेलका तीनवटा भन्दा बढी डिब्बा ट्र्याकबाट बाहिर उछिट्टिएका छन्।

गार्ड बोगी, एसएलआर बोगी र जनरल बोगी ट्र्याकबाट उछिट्टिएको छ।

बिबिसीका अनुसार ८ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढीलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तरप्रदेशका मुख्यमन्त्री ममता बनर्जी लगायतले घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गरेका छन्। दुर्घटनापछि भारतका रेल मन्त्री अश्विनी वैश्णव रंगापानी गएका छन्।

मन्त्री वैश्णवले मृतकका परिवारलाई १० लाख रूपैयाँ दिने घोषणा गरेका छन्। त्यस्तै गम्भीर घाइते भएकालाई उपचारका लागि प्रतिव्यक्ति साढे २ लाख रूपैयाँ र सामान्य घाइते भएकाहरुलाई ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!