२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

कपिलवस्तुको तौलिहवामा कटान आदेश बिना कसरी काटियो अस्पतालको रुख ?

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०५, २०८१

(ABC-Sanchar)
कपिलवस्तु । सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु जिल्ला अस्पताल । त्यही अस्पताल जहाँ पुग्दा चर्को गर्मी शितल छहारी खोज्नु हुन्छ । त्यो पाउन सक्नु हुन्न । २ महिना अगाडि सम्म अस्पताल परिसरमा रुखहरु रहेका थिए । तर अहिले ति रुख काटेर उजाड बनेको छ । परिसर भित्रका ९ ओटा रुख गैर कानुनी रुपमा गोलिया र दाउरामा परिणत भई सकेको छ । सुटुक्क रुख काटिए पछि अस्पतालमा आउने सेवाग्राही शितल खोज्न अस्पताल भवनको सहारा लिनु परेको छ ।

कपिलवस्तु अस्पताल प्रशासनले वन कार्यालयको अनुमती नलिई रुख काटिएको रहस्य बाहिर आएको छ । अस्पतालले प्रकृया पुरा नगरी २ महिना अगाडि रुख काटेको छ । सिसौ, आँप शिर्षा फूल लगायतका रुख पूर्व मेसु विपिन जयसवालको मिलोमतोमा काटिएको रहस्य खुलेको छ । मेसु जयसवालले सुटुक्क रुख कटान गर्ने मानिस बोलाई रुख काटेका थिए । काटिएका रुखका गोलीया अहिले अलपत्र अवस्थामा रहेको छ । न त्यसको कुनै लेखाजोखा छ त कुनै कागजात नै छ ।

सार्वजनिक स्थलका रुखका काट्नको लागि जिल्ला प्रशासन कार्यालयको बैठकले स्विकृत हुनु पर्ने नियम छ । बैठकले अवस्था विश्लेषण गरी काट्नु पर्ने नपर्ने औचित्य ठहर गर्छ । त्यसपछि मात्र रुख काट्न पाउने नियम रहेको छ । तर प्रकृया पुरा नगरी रुख काटिए पनि सरोकारवाला निकाए मौन रहेका छन् । अस्पतालमा रहेको एउटा रुख सुकेपछि समितिले कटान गर्न आवश्यक रहेको रुख काट्ने निर्णय भएपनि अन्य कुनै प्रकृया पुरा नभएको नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताए ।

मेसु जयसवाललाई सम्पर्क गर्दा फोन नउठेपछि यसबारे अस्पताल प्रशासन प्रमुख रत्नकर शुक्लासँग बुझ्दा आफू जानकारी पाए अनुसार अस्पताल प्रशासन समितिसँग एउटा सुकेको रुख काटने निर्णय गराएको बताए । उनका अनुसार निर्णय गराएको भएपनि कुनै लिखित प्रमाण भने आफूसँग नभएको जनाए । सम्बन्धित वन कार्यालयसँग समन्वय नभएको र निकाय मौन रहेको उनको भनाई छ ।

यता डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत सन्त थिङले वन कार्यालयसँग रुख कटान अनुमती नलिइ काटिएको बताए । उनले भने ः ‘रुख काटने भएपछि अस्पतालले वन कार्यालयसँग समन्वय गर्नुपर्ने हो तर आफूलाई कुनै विशेष जानकारी भएको छैन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!