२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

अत्यधिक गर्मीका कारण भारतमा दिनहुँ सयौँले ज्यान गुमाए १७१ जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०५, २०८१

(ABC-Sanchar)
काठमाडौं । उत्तर प्रदेश (यूपी)मा गर्मीका कारण मंगलबार एकै दिन १७१ जनाको मृत्यु भएको छ । कानपुर र बुन्देलखण्ड जिल्ला दिनभरि लु चलेको थियो । उरइमा तापक्रम सबैभन्दा बढी ४६ दशमलव ४ डिग्रीमा मापन भएको थियो ।

रातको समयमा कानपुरमा सबैभन्दा धेरै ३५ दशमलव ३ डिग्री तापमान रेकर्ड भयो । मंगलबार साँझ राज्यका धेरै शहरमा मेघगर्जन र वर्षा भएको थियो । मंगलबारको न्यूनतम तापक्रम पनि सामान्यभन्दा पाँचदेखि सात डिग्री बढी थियो ।

गर्मीका कारण बुन्देलखण्ड र कानपुरमा मंगलबार ६२ जनाको मृत्यु भएको छ । यीमध्ये बांदामा १३, फतेहपुरमा १२, कानपुरमा ११, हमीरपुरमा १०, चित्रकूटमा आठ, महोबामा पाँच र इटावामा तीन जनाको ज्यान गएको थियो । अवध जिल्लामा पनि गर्मीले ६ जनाको मृत्यु भएको थियो । जसमध्ये बाराबंकीमा एक होमगार्ड, एक रेल यात्री र एक सेवानिवृत्त कर्मचारीको मृत्यु भएको छ ।

अमेठीमा एक वृद्ध, गोंडामा एक वृद्ध र रायबरेलीमा एक व्यक्तिको मृत्यु भएको बताइएको छ । पूर्वाञ्चलका नौ जिल्लामा ६४ जनाको मृत्यु भएको छ । जसमा मिर्जापुरमा १५, वाराणसीमा १८, बलियामा १२, गाजीपुर र चन्दौलीमा सात–सात, सोनभद्रमा दुई, आजमगढ, भदोही र माउमा एक–एक जनाको मृत्यु भएको छ ।

बज्र क्षेत्रमा पनि मंगलबार एकै दिन १३ जनाको ज्यान गएको थियो । फिरोजाबामा सात, मैनपुरीमा तीन, आगरामा दुई र मथुरामा एक जनाको मृत्यु भएको थियो । बरेली, लखीमपुर खिरीमा पनि एक–एक जनाको मृत्यु भएको छ । प्रयागराज र आसपासको क्षेत्रमा २० जना र गोरखपुर–बस्ती क्षेत्रमा ४ जनाको मृत्यु भएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!