(सागर थापा)
काठमाडौं । मुस्ताङ,जिल्ला जोमसोम देखि ४० कि.मि. टाढा रहेको वारागुङ मुक्तिक्षेत्र गा.पा. ५ को साङता स्थित समाज घरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजना तथा जि.प्र.का. मुस्ताङको समन्वयमा उक्त गाउँमा बसोबास गर्ने १५ घरपरिवारलाई गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआईजी दुर्गा सिंह चंन्दले राहत सामाग्री वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।