२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

काठमाडौं उपत्यकामा एकै दिन ३ फरक ठाउँमा चोरी गर्ने समूहहरु पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ ०७, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । पक्राउ पर्नेहरुमा बैतडी घर भएका २३ वर्षीय निराजन महरा, भारतीय नागरिकहरु २८ वर्षीय सुजित कर, ३० वर्षीय सेफ अली आलम र काभ्रेकी २२ वर्षीया मोनिका लामा छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका हो ।

यो समूहले २७ जेठमा टोखाको नमूना टोलमा डेरा गरी बस्ने स्याङ्जाकी ४८ वर्षीया पुष्पा भण्डारी उपाध्याको कोठाबाट २५ लाख ४ हजार ९ सय बराबरको धनामाल चोरी गरेको आरोप छ । सुनका गरगहना र नगद गरी उनीहरुले २५ लाख भन्दा बढीको चोरी गरेका थिए ।

अनुसन्धानका क्रममा यो समूहले २७ जेठमै कलंकीस्थित मनिष पौडेलको कोठाबाट पनि विभिन्न कागजपत्रहरु चोरी गरेको पाइएको छ ।

२७ जेठमै महाराजगञ्जस्थित विशेष प्याकुरेलको कोठाबाट नगद र ल्यापटप गरी १ लाख ४५ हजार ५ सय बराबरको चोरी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

२ असारमा उनीहरुले स्युचाटारस्थित आकाश खड्काको कोठाबाट ल्यापट समेत चोरी गरेको खुलेको छ ।

प्रहरीले उनीहरुबाट नगल, सुनको ढिक्का ६३ ग्राम, ल्यापटक, मोबाइलहरु, ताला फोड्न प्रयोग भएको रड समेत बरामद भएको छ । पक्राउ परेका चारै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!