२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

दाङमा महिला हत्या गरेको आरोपमा एक जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ ०७, २०८१

ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका – ८ बेलुवाकी ५० वर्षीया प्यारी चौधरीको हत्या आरोपमा सोही गाउँका ४६ वर्षीय बालाराम चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लका अनुसार पक्राउ परेका बालाराम मृतक प्यारीकी आफन्त समेत हुन्।

प्यारी गत जेठ १७ गते दिउँसो आफ्नै घर भित्र मृत अवस्थामा फेला परेकी थिइन्। पोष्टमर्टम रिपोर्टले घाँटी थिचेर प्यारीको हत्या भएको देखाएपछि प्रहरीले संलग्नहरूको खोजी सुरू गरेको थियो।

स्थानीयहरूको सुराकका आधारमा प्रहरीले बालारामलाई पनि सोधपुछका लागि बोलाएको थियो।

सोधपुछकै क्रममा बालारामले प्यारीको हत्या आफूले गरेको स्वीकार गरेको डिएसपी मल्लले जानकारी दिए।

बालाराम मदिरा सेवनपछि गाउँमा झगडा गर्दै हिँड्ने स्वभावका रहेको र त्यसदिन पनि मदिरा सेवनपछि प्यारीसँग सामान्य विवाद भएको थियो।

प्रहरीसँगको वयानका क्रममा बालारामले भनेअनुसार त्यसदिन प्यारीले बालारामलाई रक्सी खाएर अरूलाई गाली नगर्नू भनी सम्झाउने र हप्काउने गरेकी थिइन् ।
‘जाँड खाएर अरूलाई गाली गर्दै हिँड्ने? भनेर मलाई गाली गरेकाले राती गएर मारेको हुँ,’ सोधपुछकका क्रममा बालारामले प्रहरीसँग भने।

जेठ १७ गते बालाराम रातको समयमा प्यारीको घर पुगेका थिए। त्यहाँ प्यारीलाई देखेपछि घरको एक कुनामा लगेर घाँटी थिचेर हत्या गरेकी थिए।

हत्यापश्चात उनले प्यारीलाई घिसार्दै उनी सुत्ने ओछ्यानमा पुर्‍याएर सुतेको जसरी राखिदिएको बताएका छन्।

घटनास्थलमा प्यारीलाई घिसारिएको स्पष्ट संकेतहरू प्रहरीले भेटिएको डिएसपी मल्लले जानकारी दिए।

डिएसपी मल्लका अनुसार हत्याको दिन प्यारी घरमा एक्लै थिइन्। उनका श्रीमानले दोस्रो विवाह गरेपछि उनीसँग बस्दैनन्। एउटा छोरा छुट्टिएर बसेका छन् भने उनीसँगै बस्ने अर्को छोरा त्यसदिन काम विशेषले जिल्लाबाहिर गएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!