(रोशन निधि)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.२१ मा मिति २०८१-०३-०६ गते अन्दाजी १८:२५ बजेको समयमा बिशेष सूचनाको आधारमा हनुमानचोक स्थितमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले बा.प्र.०३-००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा चालक बस्ने सिट पछाडीको सिटमुनी दुई वटा मलको बोरा भित्र भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध Onerex 100ml को २२२ बोत्तल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित बा.प्र.०३-००१ ख १९९८ नम्बरको मालबाहक ट्रक र हेटौंडा उपमहानगरपालिका वडा नाे.७ बस्ने बर्ष ३२को अजय रोक्का ऐ.ऐ.बस्ने बर्ष ३० को दीपेन्द्र अधिकारी र जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नाे.२ बस्ने बर्ष १९ को बिकाश श्राफ व्यक्तिहरूलाई नियन्त्रणमा लिइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ५ ( पाँच ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ।