२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

पर्सा प्रहरीले १० लाख बराबरको ७१२ बोरा भारतीय मल गोदाममा छापा हानी पक्राउ

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ ०८, २०८१

ABC (क्राईमबिट)
पर्सा । वीरगञ्जबाट १० लाख बराबरको भारतीय मल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज  महानगरपालिका वडा नम्बर १६ बैष्णोदेवी मन्दिर अगाडी बस्ने बृजकिशोर महतोको घरमा कोठा भाडामा लिई भण्डारण गरिएको अवस्थामा ५० किलोग्रामको ७१२ बोरा भारतीय मल बरामद भएको हो ।

कोठा भाडामा लिएर बस्ने नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ९ बस्ने ६२ वर्षीय ज्ञान बहादुर महतोले भारतबाट भन्सार छली चोरी पैठारी गरी अनधिकृत रुपमा भण्डारण गरेको अवस्थामा मल भेटिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

मलसहित ज्ञान बहादुर महतोलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको भारतीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!