२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिरगंजमा कपडा बैंकद्वारा नि:शुल्क कपडाहरु वितरण

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ ०८, २०८१

(ABC-Sanchar)
पर्सा । बिरगंज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सहित वीरगन्ज कपडा बैंकले आज वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट बिहान १० बजे देखी बेलूका ५ बजे सम्म गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले बडादसै ,दिपावलीएवं छठपर्व एवं प्रत्येक महिनामा घण्टाघरमा सर्वसाधारण लाई नया पुरानो कपडा वितरण गर्दै आएकोमा आज केही नया र पुरानो गरि जम्मा ८०० थान कपड़ा वितरण गरेको सचिव कन्हैया पटेलले बताए

संस्था का अध्यक्ष लालबाबू सिंहको अध्यक्षता मा भएको सो कार्यक्रममा बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, समाजसेवी हुकुम सिंह राजपुत,एन्युज टेलिभिजनका पत्रकार राज सराफ ,घण्टाघर प्रहरी पोष्टका प्रमुख असई राजेश कुमार मिश्र , संस्थाका उपाध्यक्ष मोनिका सिंह, सदस्य हरेंद्र पटेल,संजय मंडल,अभिलाश गुप्ता ,राजेन्द्र भट्टराई , शोभा देवी,सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, प्रकाश उपाध्या,राजेश वर्नवाल,निवर्तमान अध्यक्ष रंभा मिश्रा,पुर्व अध्यक्ष बृजेश्वर प्रसाद चौधरी,कर्मचारी शोभा देवि लगायत को सहभागिता रहेकों कोषाध्यक्ष मनोज मिश्राले बताए ।

सो अवसरमा प्रमुख अतिथी कुर्मिले “तपाईं संग धेरै छ भने हामिलाइ दियेर जानुस र तपाई लाई आवश्यकता छ कमि छ भने हामी संग निशुल्क लियेर जानुस ” को मुलमन्त्रलाइ आत्मसात गरि विगत ५ वर्ष देखि दिन दुखी असहायको सेवा सहयोगमा निरन्तर रुपले निस्वार्थ भावनाले सेवा सहयोग गर्दै आएका छौ । हामी सबैले दिन दुखी असहायको सेवा सहयोगमा आआफ्नो आम्दानिको ५% रकम सेवा सहयोगको लागि छुटाएर मानवता बलियो बनाउनु पर्दछ । बैंकको नेक कार्यमा सहयोग पुर्याउने मानवताप्रेमी दाता, शुभेच्छुक, सल्लाहकार ,पदाधिकारी सदस्यजन प्रती हार्दिक आभार प्रकट गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!