२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

डिआईजी पोख्रेलको प्रमुख आतिथ्यतामा सेफ्टी पिन क्याम्पिङ सम्बन्धी अन्तक्रिया

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ १०, २०८१

(सागर थापा)
काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयमा कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा Safety Pin Campaign सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थानमा हुने विभिन्न आपराधिक क्रियाकलाप साथै यौनजन्य हिंसा न्यूनिकरणको गर्न काठमाण्डौ उपत्यकाका विभिन्न रुटहरुमा चल्ने सवारी साधनमा प्रहरी कर्मचारीलाई सादा पोशाकमा खटाई Safety Pin Campaign लागु गरिएको थियो ।
कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक पोख्रेलले काठमाण्डौ उपत्यका भित्र सवारी साधन तथा सार्वजनिक स्थानमा पकेटमारी तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक उपर हुने हिंसाका घटना न्यूनिकरण गर्न Safety Pin Campaign अभियानमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु हुँदै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियानलाई सफल पार्ने विश्‍वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमा प्रहरी वरिष्ठ उपरीक्षककिसन सिंह थापा, प्रहरी उपरीक्षक संजय वहादुर राउत लगायत अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!