२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नेपाल प्रेस युनियनले महासंघको जिल्ला अध्यक्षमा सुवेदीलाई चुनावमा उठाउने निर्णय

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ११, २०८१

(ABC-Sanchar)
दाङ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ दाङको अध्यक्षका लागि पत्रकार सन्तोष सुवेदीलाई अघि सार्ने भएको छ । युनियनको आज बसेको बैठकले महासंघको आसन्न अधिवेशनमा सुवेदिलाई अध्यक्षमा अघि सार्ने निर्णय गरेको हो । युनियन भित्र पत्रकार बसुन्धरा गौतम पनि अध्यक्षको आकाङ्क्षि थिइन् । चुनाव जित्नका लागि भन्दै सुवेदिलाई अघि सारीएको युनियनले जनाएको छ । यसअघि नेपाल पत्रकार महासंघको केन्द्रिय सचिवका लागि गौतमले उम्मेद्वारी दिएर पनि पराजित भएकी थिइन् । अन्य पदहरुमा भने युनियनले अझै सार्वजनिक गरेको छैन् । सुवेदि अहिले महासंघका जिल्ला उपाध्यक्षमा छन् । हालका सचिव आर.के. सितल सचिवमा पुन दोहोरीन युनियन भित्र दवाव दिएपनि अर्को पटकको अध्यक्ष तयारी गर्ने गरी उपाध्यक्षमा लैजान युनियनका अगुवा नेताहरु लागि परेका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले पत्रकार जे.एन सागरको नेतृत्वमा पत्रकार महासंघमा जाने यसअघि नै निर्णय गरीसकेको छ । महासंघको जिल्ला सचिवमा हालका सहसचिव दशरथ घिमिरेको नाम चर्चामा छन् । तर, चौतारी र प्रेस सेन्टर मिलेको खण्डमा पत्रकार लक्ष्मी आचार्य अघि बढ्ने सम्भावना छ । महासंघको जिल्ला अध्यक्षमा युनियनले यसपालि महीला उम्मेद्वार नवनाएको अवस्था र सेन्टरले पनि आफ्नो तर्फवाट महीला अध्यक्षका लागि लविङ गरेको अवस्थामा अध्यक्षमा महीला पत्रकारहरुको मत वलियो हुने देखीन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत अध्यक्ष पदमा ध्रुब केसी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार केसीले २ हजार ५ सय ९६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६ सय ८० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुमन शर्माले १ सय ५५ […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

error: Content is protected !!