(ABC-Sanchar)
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर १९ बाँसगढी निवासी ५५ बर्षीय पारु चौधरीलाई आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पले टोक्दा मृत्यु भएको हो ।
मंगलबार दिउसो साढे ३ बजेतिर सर्पले टोक्दा गम्भीर विरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।