(ABC-Sanchar)
कैलाली । धनगढी उपमहानगरपालिका १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको आज बिहान चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराका अनुसार आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर चौधरीको मृत्यु भएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको हो । जिल्लाको जोशीपुर गाउँपालिका ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको पनि चट्याङ लागेर ज्यान गएको छ ।