२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

रक्सी सेवनका कारण विश्वभर एक बर्षमा २६ लाखको मृत्यु (डब्लूएचओ) तथ्यांक

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ १२, २०८१

(ABC-Sanchar)
काठमाडौं । मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष यो संख्यामा मानिसको मृत्यु हुने गरेको हो।

उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष विश्वभरमा भएका सबै मृत्युको ४.७ प्रतिशत थियो । यसमा करिब तीन चौथाई मृत्यु पुरुषहरूको भएको थियो ।

‘मादक पदार्थको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्याउँछ, दीर्घकालीन रोग, मानसिक स्वास्थ्य अवस्थाको जोखिम बढाउँछ र दुःखदरूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ’, डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने।

सन् २०१० पछि विश्वभरमा मदिराको खपत र सम्बन्धित हानिमा केही कमी आएको उनले बताए। युवा असमानरूपमा प्रभावित भएको जनाउँदै उनले भने, “तर मदिराको प्रयोगका कारण स्वास्थ्य र सामाजिक बोझ अस्वीकार्यरूपमा उच्च बनेको छ ।’

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लूएचओले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत अध्यक्ष पदमा ध्रुब केसी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार केसीले २ हजार ५ सय ९६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६ सय ८० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुमन शर्माले १ सय ५५ […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

error: Content is protected !!