ABC (क्राईमबिट)
बाँके । नेपालगंज उ.म.न.पा.१० गोसाईगाउ स्थित बिनोद जैसवालले संचालन गरेको जेसवाल समिलमा अबैध साल जातको काठ रहेको गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले गुलाम रसुल बेहनाले ल्याई राखेको ७ फिट लम्बाई ४८ ईन्च गोलाई भएको ७ क्यु फिट अं. मुल्य रु.३५,०००।– बराबरको साल जातको गोलिया काठ बरामद गरी आवश्यक कारवाहीको लागि नेपालगंज सब डिभिजन बन कार्यालय बाँकेमा पठाईएको ।