२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर भयो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १३, २०८१

(ABC-Sanchar)
काठमाडौं । नेपाल पत्रकार महासंघको असार २२ गतेका लागि तय भएको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । सार्वजनिक कार्यतालिका अनुसार मतदाता अन्तिम नामावली प्रकाशन असार १४ गते शुक्रबार अपरान्ह ४ बजेका लागि सरेको हाे ।

यसअघि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बुधबार अपरान्ह ४ बजेका लागि तय भएको थियो । संशोधित कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता असार १५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि तय भएको निर्वाच्न समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ ८ बजे हुनेछ । यस्तै उम्मेदवारमाथी दाबी विरोध असार १५ गते शनिबार साँझ ८ बजेदेखि असार १६ गते आइतबार बिहान ११ बजेसम्मका लागि तोकिएको छ ।

कार्यतालिका अनुसार उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १६ गते दिउसो २ बजे तोकिएको छ । निर्वाचनको मुख्य दिन मतदान असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । मतदान सकिएकै साँझदेखि मतगणना हुने कार्यतालिका रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत अध्यक्ष पदमा ध्रुब केसी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार केसीले २ हजार ५ सय ९६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६ सय ८० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुमन शर्माले १ सय ५५ […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

error: Content is protected !!