२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

रुकुममा करेन्ट लागेर महिलाको मृत्यु ३ जना घाइते

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ १३, २०८१

(ABC-Sanchar)
दाङ । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। करेन्ट लागेर तीन महिला घाइते भएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन पोख्रेलले जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको घटनास्थलमै मृत्यु भएको बताए।

घटनास्थल पुगेका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ऋषि पाठकले करेन्ट लागेर थप तीन जना घाइते भएको बताए।

६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते भएका छन्।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको पनि पाठकले बताए।

उनीहरू छिमेकीको बारीमा मकै गोड्न गएका थिए। बिजुलीको पोलबाट भुइँमा तार लत्रिएको थियो। उक्त तार मकै गोड्ने क्रममा झुपादेवीले छोएकी थिइन्।

उनलाई करेन्ट लागेपछि अरूले उनलाई बचाउने प्रयास गर्दा करेन्ट लागेको पाइएको छ।

घाइतेहरूको जिल्ला अस्पताल सल्लेनमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत अध्यक्ष पदमा ध्रुब केसी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार केसीले २ हजार ५ सय ९६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६ सय ८० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुमन शर्माले १ सय ५५ […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

error: Content is protected !!