दाङ । ईलाका प्रहरी कार्यालय सिसहनिया दाङ बाट प्रहरी सहायक निरीक्षक दिलिप योगीको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला दाङ राप्ती गाउपालिका वडा नं.५ स्थित श्री सर्वोदय माध्यामिक विद्यालयमा कक्षा ७ देखी ९ सम्म अध्ययनरत विद्यार्थीहरुलाई जम्म गरी अन्दाजी ८०/९० जनाको सहभागितामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागु औषध सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरीएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।