२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बिरगंज यातायातमा अख्तियारले निगरानी गर्दा १०% पास हुने अख्तियार नहुदा ७०% पास हुन्छ कसरी ??

Logo
राहुल गुप्ता प्रकाशित मंगलबार, आषाढ १८, २०८१

पर्सा । बिरगंज स्थित केहि महिना पहिले बिरगंज यातायात व्यवस्था कार्यालयमा बढेको बेथिति सार्वजानिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयलाई सूक्ष्म निगरानीमा राखेको थियो ।

सवारी चालक अनुमति प्रमाणपत्र बनाइदिएबापत, ‘मोटो आर्थिक चलखेल’ हुने गरेको सञ्चार माध्यमहरूमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले बिरगंज यातायातमा सूक्ष्म निगरानी गरेर हरेक सवारी चालक अनुमति प्रमाणपत्रको प्रक्रियामा रेखदेख बढाएको थियो र लिखित तथा ट्रायल जाचमा १०% हाराहारीमा परिक्षार्थी मात्र पास हुनेगरेका थिए ।

तर अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बिरगंज यातायात कार्यलय बाट गएपछी जाच दिएर पासहुने परिक्षार्थीको संख्या लगभग ७० % भएको छ । कसरी केही दिन पहिला १०% मात्र पास हुने परिक्षार्थी अहिले ७० % पास भइरहेका छन । यसको मुख्य कारण बिरगंज यातायात कार्यलयमा पैसाको चलखेल घुसखोरी रहेको छ ।

यातयात कार्यालयका प्रमुख कै नेतृत्वमा यहाँ लाइसेन्स बिक्रीवितरण हुँदै आएको छ। तलदेखि माथिसम्म सेटिङ गरेर लाइसेन्स बिक्रीवितरणबाट मासिक १० करोड भन्दा बढि रूपैयाँ अनाधिकृत रूपमा असुल्दै आएको सार्वजानिक भएको छ ।

विगतको दिनमा सो कार्यालयमा हुने ट्रायल परिक्षा र लिखित परिक्षाको दिन अख्तियारको टोली पुगीर आफ्नो रोहबरमा आर्थिक कारोबार बन्द गराएको र अहिले अख्तियार टोली नआउदा व्यापक रुपमा भ्रष्टचार बढे पछि अख्तियार माथि नै शंकाको बिषय बनेको सेवाग्राहीहरुले बताएका छन।

अहिले बिरगंज यातायात कार्यलयका प्रमुख रेग्मी र उनको बिश्ववास पात्रको रुपमा रहेको शम्भु गुरुङले यातायात कार्यालय भित्र रहेको बिचौलियाहरु मार्फत मोटो रकम उठाई फेल भएकाहरुलाई पास गराउने गरेको नाम नछाप्रने सर्तमा एक बिचौलियाले बताएका छन ।

बिरगंज यातायात कार्यलयमा सवारी लाइसेन्सका लागि हुने लिखित तथा ट्रायल परीक्षाको सम्पुर्ण जिम्मेवारी प्रमुख रेग्मीले कार्यालय सहयोगी सम्भु गुरुङलाई दिएका छन । करारका कर्मचारी भएपनी यातायात कार्यलय बिरगंजमा जो पनि प्रमुख आए पनि सबै अबैध धन्दा गराउने जिम्मेवारी शम्भु गुरुङलाई नै दिने गरेका छन। उनी बिचौलिया मार्फत पैसा उठाउने विभिन्न शक्तिशाली ब्यक्ति मन्त्रीहरुको आगेपाछे विभिन्न निकायका प्रमुखहरु लाई कोटा निर्धारण गरि दिने गरेका छन ।

सेवाग्राहीका अनुसार मोटरसाइकल को लाइसेन्स बनाइए वापत दलालहरुले १५ हजार , जिप चारचक्काको ३० देखि ३५ हजार भन्ने हेबी लाईसेन्सको ७५ हजार देखि १ लाख सम्म रुपैया लिई नयाँ लाईसेन्स दिने गरेको छन ।

त्यस्तै यातायात कार्यालयको प्रमुख उमेश रेग्मीले कार्यालय भित्र बिचौलियाहरु प्रयोग गरी अवैध रुपले फर्म भरि लिखित परीक्षा र ट्रायल परीक्षा फेल भएका व्यक्तीको भिडियो इडिट गरि पास गराउने गरेको स्रोतले जनाएका छन्।

अहिके यातायात कार्यलयमा कार्यलय प्रमुखले बिचौलिया नै करारमा नियुक्ति दिएर पैसा असुलीमा लगाएका छन । अहिले यातायात कार्यलयमा ४०% स्थाइ कर्मचारी छन भने ६० % भन्दा बडि करारका कर्मचारीहरु रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

error: Content is protected !!