२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सेवानिवृत्त भएका नेपाल प्रहरीका एआईजी उमेशराज जोशीको बिदाइ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १९, २०८१

काठमाडौं । हिजो मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच निमित्त प्रहरी महानिरीक्षक तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सेवानिवृत्त जोशीलाई बिदाइ गरेका थिए।

सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए।

प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते यानिकी आजबाट अवकाशप्राप्त बनेका हुन्।

यस्तै उनको अवकाशमा पदपूर्तिका लागि बढुवा सिफारिस भएका डीआइजीको भने बढुवा अन्यौलमा परेको छ। केन्द्रिय सत्ता समीकरण फेरबदल भएर प्रधानमन्त्री र गृहमन्त्री फेरिने चर्चासँगै एक साताअघिको बढुवा सिफारिस समेत कार्यान्वायन हुने–नहुनेमा आशंका व्यक्त गरिएको हो।

गत १० असारमा डिआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गरिएको थियो। १ दिनका लागि भएपनि उनको बढुवा गर्नेगरी सिफारिस गरिएकोमा उमेरहदका आधारमा पोखरेल पनि २१ असारमा अवकाश पाउँदैछन्।

त्यसकारण आज नै उनको बढुवाको निर्णय भइसक्नुपर्ने हुन्छ। २० असारको बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।