२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

ड्युटीमा खटिएका प्रहरीमाथि वकिल थापाको चड्कन जाहेरी दर्ताको तयारी

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ २३, २०८१

 

काठमाडौं । जिल्ला अदालतको गेटमा खटिएका प्रहरी जवानमाथि वकिलले हातपात गरेकी छिन् । लोकपथबाट

अधिवक्ता लक्ष्मी थापाले ड्युटीमा खटिएको समयमा प्रहरी जवानमाथि हातपात गरेको भन्दै प्रहरीमा अभद्र व्यवहारको जाहेरी दिएका छन् ।

लोकपथलाई प्राप्त विवरण अनुसार म्याग्दी घर काठमाडौं जिल्ला अदालतको तीन नम्बर गेटमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि आइतबार अपराह्न १ः२० बजे अधिवक्ता नानी थापा भनिने लक्ष्मी थापाले हातपात गरेको दाबी गरिएको छ ।

काठमाडौं जिल्ला अदालतको तीन नम्बर गेट सर्वसाधारणका लागि खुला नभएको र सर्वसाधारण मानिसहरू अदालतभित्र प्रवेश गर्दा मुख्य प्रवेश द्वारबाट सुरक्षा जाँच गराएर मात्रै प्रवेश गर्नुपर्ने हुन्छ । तर अधिवक्ता थापाले तीन नम्बर गेटबाट आफूसहित आफ्ना ग्राहकलाई पनि प्रवेश गराउन खोजेकी थिइन् ।

तर ड्युटीमा खटिएका प्रहरी जवानले थापासँगै आएका ग्राहकलाई रोक्दै तीन नम्बर गेटबाट कानुन व्यवसायी मात्रै प्रवेश गर्न पाउने भन्दै थापाको ग्राहकलाई भित्र छिर्न रोकेका थिए । तर कानुन व्यवसायी थापाले सेवाग्राहीलाई पनि आफूसँगै भित्र लैजान खोज्दै ‘यहाँबाट सेवाग्राही छिर्दा तपाईँको अदालत पल्टेर थिच्छ ? यहाँबाट जानै नहुने हो, यहाँबाट जान नहुने के छ त्यस्तो भन्दै जबरजस्ती प्रवेश गर्न खोजेको जाहेरीमा उल्लेख छ । तर प्रहरी जवानले रोक्दै ‘मेडम यहाँबाट जान मिल्दैन, हामीलाई यहाँबाट पब्लिकलाई नछिराउनु भन्ने आदेश छ’ भन्दा थापाले ‘खुब गेटमा ड्युटी गर्ने भएको, पब्लिक छिराउन मिल्दैन भन्छ, पब्लिक छिर्दा के हुन्छ’ भन्दै तँ तँ र म म गर्दै गाली–गलौच गरेको ‘सिपाही भएर बढ्दा बोल्ने’ भनी गालामा चड्कन हानेको जाहेरीमा उल्लेख छ ।

ती प्रहरी जवानले यतिबेला कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापाविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा अभद्र व्यवहारको जाहेरी दिएका छन् ।

जाहेरीको ब्यहोरा यस्तो छ :

‘विद्युतीय कसुर थापाथलीमा रही हाल काठमाडौं जिल्ला अदालतमा सुरक्षार्थ खटिँदै आइरहेको छु । मिति २०८१।०३।२३ गते मेरो बिहान १०ः०० बजे देखि ऐ. ०४ः०० बजेसम्म काठमाडौं जिल्ला अदालतको ३ नम्बर गेटमा ड्युटी थियो । म आफ्नो ड्युटीमा तैनाथ भई बसिरहेको अवस्थामा पछि नामथर थाहा हुन आएका कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापा ३ नम्बर गेटमा आफ्नो क्लाइन्ट लिएर आउनु भएको थियो । मैले उहाँलाई मेडम तपाई जाने भए जानु, पब्लिकलाई यहाँबाट जान निषेध छ भन्दा उहाँले मलाई, यहाँबाट पब्लिक छिर्दा तपाईँको अदालत पल्टेर थिच्छ ? यहाँबाट जानै नहुने हो, यहाँबाट जान नहुने के छ त्यस्तो भनेपछि मैले उहाँलाई मेडम, यहाँबाट जान मिल्दैन, हामीलाई यहाँबाट पब्लिक नछिराउनु भन्ने आदेश छ, हामीले त आदेशको पालना मात्र गर्ने हो भन्दा निजले एक्कासी मलाई खुब गेटमा ड्युटी गर्ने भएको, पब्लिक छिराउन मिल्दैन भन्छ, पब्लिक छिर्दा के हुन्छ भन्दै तँ तँ म म गरी मलाई गाली गलौच गरेपछि मैले उहाँलाई मेडम तपाईँको चित्त बुझ्दैन भने तपाई प्रशासनमा गएर कुरा गर्न सक्नु हुन्छ, हामीलाई जे आदेश गरेको छ, हामीले त्यही पालना गर्ने हो भन्दा ‘बढ्दा हुन्छ सिपाही भएर’ भन्दै मलाई एक्कासी गालामा चड्कन हानेपछि मेरो आँखा तिरिमिरी भयो र फेरि मलाई हान्न लाग्नु भएकोमा मैले निजलाई आफ्नो प्रतिरक्षाका लागि हातले हुत्त्याई दिएको थिएँ । मैले हातले हुत्त्याई दिने क्रममा मेरो हातको नङले निजको गालामा लागेको थियो । यसरी निज नानी थापा भन्ने लक्ष्मी थापालाई यो गेटबाट पब्लिक प्रवेश गर्न निषेध छ, तपाईँ अर्को गेटबाट आफ्नो सेवाग्राहीलाई लिएर जान सक्नु हुन्छ, तपाई आफूमात्र जाने भए जानु नभए सेवाग्राही समेत लिएर जाने भए अर्को गेटबाट जानु भन्दा निजले मेरो ड्युटीमा अवरोध गरी मलाई सार्वजनिक स्थानमा गाली गलौच गर्नुका साथै हातपात गरी अभद्र व्यवहार गरेको हुँदा निज प्रतिवादी नानी थापा भन्ने लक्ष्मी थापालाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८(१) बमोजिम कारबाही गरी पाऊँ ।

कानुन व्यवसायी लक्ष्मी थापाले पनि प्रहरी वृत्त सिंहदरबारमा प्रहरी जवानविरुद्ध कारवाहीका लागि निवेदन दिएको प्रहरीले जनाएको छ । कानुन व्यवसायी थापाले प्रहरी जवानलाई कारबाहीको माग गर्दै निवेदन दिएको भएपनि प्रहरीले हालसम्म दुवै निवेदनलाई दर्ता गरेको छैन ।

प्रहरी वृत्त सिंहदरवारका अनुसार यतिबेला दुवै निवेदन अध्ययनका क्रममा रहेको र दुवै पक्षलाई झिकाएपछि निवेदन प्रक्रियामा जाने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!